किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनसँग आशीर्वाद माग्न जनता समाजवादी पार्टी नेपालका नेताहरुले गुरु भेटदर्शन गरेका छन् ।
आइतबार माङ्सेबुङ ५, गुरु निजि आश्रम लारुम्बामा आउदो मंसिर ४ को निर्वाचनको उम्मेद्वार जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा धनकुटा क्षेत्र नंं १ (क) प्रदेश सभा सदस्य उम्मेदवार रकम चेम्जोङ, इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य उम्मेदवार यामप्रसाद योङहाङ, इलाम क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार बलबहादुर आङदेम्बे लगायतका नेता कार्यकर्ताहरुले भेट दर्शन गरेका छन् ।
सो गुरु भेटदर्शनमा पूर्व मन्त्री तथा धनकुटा क्षेत्र नंं १ (क) प्रदेश सभा सदस्य उम्मेदवार रकम चेम्जोङ, इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य उम्मेदवार यामप्रसाद योङहाङ, इलाम क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार बलबहादुर आङदेम्बेले किरात धर्मगुरुबाट माङगेन्ना शिर उठाए । माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास रहेको छ ।
आउदो मंसिर ४ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै किरात धर्मगुरु गुरु निजी आश्रम माङसेबुङ ५, लारुम्बामा आई गुरुबाट आशीर्वाद लिन र आफ्नो प्रतिबद्धताहरु जाहेर गरेका थिए ।
यसरी सम्पन्न गुरु दर्शनमा आएका नेताहरुलाई अङसीमाङले भाषा, लिपि र अस्तित्वको लागि विशेष पहल गर्न र यसका लागि निरन्तर लाग्न आग्रह गर्नु भयो । दर्शनमा आएका जसपा नेता तथा पूर्व मन्त्री रकम चेम्जोङले प्रदेश नामाकरण, स्वायतता, विशेष संरक्षित क्षेत्र स्थापना र भाषा आयोगले सिफारिस गरेको लिम्बू र मैथिली भाषालाई प्रदेश स्तरीय सरकारी कामकाजी भाषा बनाउने विषयमा पहल गर्ने कुरा गुरु समक्ष राखेका थिए ।