माङ्सेबुङ । इलाम क्षेत्र नम्बर २ चुनावी चर्चामा छ । चुनावी प्रतिस्पर्धामा यस पटक चौध प्रतिस्पर्धिहरुसंग एक्ली स्वतन्त्र उम्मेदवार जुनुकुमारी माखिम चुनावी मैदानमा भिड्दैछिन्।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ४ मंसिर नजिकिदै गर्दा इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा खर्पन बोकेको मान्छे सहितको चुनावी चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएकी जुनुकुमारी माखिम लिम्बूले चुनावी अभियानमा तीब्र रूपमा लागेको बताएकी छिन् ।
माखिमले इलामको माईनगर ६,७ र ८ नम्बर वडाहरुमा आफ्नो चुनावी अभियान सकेको बताइन् । माखिमले भनिन् , ‘ चुनावी अभियानको क्रममा इलाम क्षेत्र नं. २ अन्तर्गत माइनगरका ६,७ र ८ वडाका जनताहरु स्वतन्त्र उम्मेदवार प्रति धेरै आशावादी उत्साहजनक रहेको बताउदै भोट दिने आश्वासन समेत मतदाताहरुले दिएको बताइन् ।’
चुनावी अभियान कहाँ कहाँ गरिरहनु भएको छ ? भन्ने किरात समाचारले सोधिएको प्रश्नमा माखिम चुनावी प्रचार कार्यक्रम लिएर क्षेत्र नम्बर -२ इलामको फाकथोकथुम , माङ्सेबुङ, चुलाचुली गाउपालिकाहरुमा चुनावी प्रचारप्रसार घरदैलो अभियान कार्यक्रम गरिरहेको जानकारी दिइन् ।
को को छन् त मैदानमा ?
आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बरबहादुर खड्काको मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।
यसैगरी सो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बू स्वतन्त्र उम्मेदवार जुनुकुमारी माखिम, दिपेश बोहोराले मनोनयन दर्ता गरेका छन् ।