२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

मतदान केन्द्रमा के-के लैजान पाइँदैन ?



काठमाडौं । निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्वय प्रवन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहीता र प्रचलित निर्वाचन कानूनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिएका हुन् ।

निर्वाचनका विषयमा कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिए । आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षिय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देश गरिएको छ ।

त्यसैगरि मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सुचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

उनले भने, ‘मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति निर्वाचन आयोगले विशेष निर्देशन जारी गरेको छ । मतदान कार्यमा संलग्न हुने मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कार्यमा खटिने कर्मचारीहरुले यो निर्देशनलाई गम्भिरतापूर्वक बुझि तदनुसार पालना गर्नको निम्ति म निर्देश गर्दछु ।

मतदान केन्द्रमा मतदान अधिकृतले निषेधित गरेका र कानूनद्वारा निषेधित अन्य वस्तुहरु मतदान केन्द्रमा लान नमिल्ने भएको हुँदा शुरुमा सर्वपक्षिय बैठक राखि यस्ता वस्तुहरु नलिइ आउनका लागि सबै मतदातालाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रवन्ध मिलाउनु पर्छ ।

यदी कुनै मतदाताहरुले मतदान केन्द्रमा यस्ता निषेधित समग्री लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारवाही गर्ने र मोबाइल वा क्यामेरा लगायतक वस्तुलाई मतदान केन्द्र प्रवेश गर्ने बिन्दुमा नै ती सामग्रीहरु राख्न लगाउने वा आफूलाई उपयुक्त लागेको व्यक्ति वा ठाउँमा छोडी कुनै पनि सामान नलिइ मतदान केन्द्रमा पस्ने अनुमति दिनुपर्दछ ।

यदी कसैले फोटो खिच्ने क्यामेरा अथवा मोबाइल बाहिर नछोडी लिई गएमा र निज मत संकेत गर्ने ठाउँमा पुगेको अवस्थामा वा मतदान केन्द्र्र्रबाट निषेधित गरिएको वस्तु लिई सो स्थानभन्दा अन्य ठाउँमा गएमा त्यस्ता सामग्रीहरु जफत हुने कुरा पनि सम्पूर्ण मतदाताहरुलाई सुचित गरिदिनु पर्दछ । र, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, निर्वाचन आचारसंहीताको व्यवस्था र प्रचलित निर्वाचन कानूनको व्यवस्था विपरित यस्ता किसिमका कार्यहरु कहीँकतै हुन नदिनका निम्ति मुख्य निर्वाचन अधिकृतहरु, निर्वाचन अधिकृतहरु मतदान केन्द्रमा लैजान नहुने भएको हुँदा शुरुमा सर्वपक्षीय बैठक राखि त्यस्ता वस्तुहरु नलिई आउनका निम्ति सबै मतदाताहरुलाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रवन्ध मिलाउनु पर्दछ ।’

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ८ : ५८ बजे