मेरो विशेष पहलकदमीमा महागुरु फाल्गुनन्द लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गर्यौ । कतिजना पाका साथिहरुलाई सम्झना होला त्यो दिन । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल लाई लिएर आएर यहाँनेर गुरुको जन्मदिन भन्दा दुईदिन अगाडि यहि लारुम्बामा हेलिकप्टरबाट उत्रिएर महागुरु अब देशको राष्ट्रिय विभूति हुनुभयो भनेर हामिले गुरुज्युलाई त्यो काम हामिले त्यसरी सम्पन्न गर्यौ भनेर सूचना दिएको थियौ जानकारी दिएका थियौ । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरा यो त ऐतिहासिक काम भयो । किरात धर्म साहित्य उत्थान संघ यहाँका साथिहरुले जोड गर्नुभयो यो गर्नुपर्छ भन्नुभयो ठिक लाग्यो र,ठिक काम गर्नुपर्छ भनेर म लागे र मेरो निरन्तरताको प्रयासले अन्ततः महागुरु फाल्गुनन्दलाई हामिले राष्ट्रिय विभूति घोषणा गर्यौ । अब महागुरु फाल्गुनन्द किरातहरुको मात्र धर्मगुरु होइन,यो देशका सबै जाति ,भाषा, धर्म र संस्कृति र जनताको वहाँ राष्ट्रिय विभूति हुन पुग्नुभयो । हामिले त्यो ऐतिहासिक काम गर्यौ ।
अब महागुरु फाल्गुनन्द किरातहरुको मात्र धर्मगुरु होइन,यो देशका सबै जाति ,भाषा, धर्म र संस्कृति र जनताको वहाँ राष्ट्रिय विभूति हुन पुग्नुभयो । हामिले त्यो ऐतिहासिक काम गर्यौ ।
धर्म निरपेक्षताको कुरा घोषणा गर्यौ । सबै धर्मावलम्बीको अब यो साझा फुलबारी हो । हामिले त्यो आधार संविधान बनाएर तय गर्यौ । धर्म निरपेक्ष भन्यौ । धर्म निरपेक्ष घोषणा गरेवापत केहि साथिहरुले मेरो बारे अनर्गल कुरा गरे प्रचारप्रसार गरेर पनि हिड्नु भयो ।त्यस्ता प्रचारहरुलाई मैले कहिल्यै पनि महत्व दिइन ।
म निरन्तर तपाईंहरुलाई सम्झिएर इलामको पवित्रभूमिलाई सम्झेर निरन्तर म काममा लागि रहे । अन्ततः यो देश राज्यको कुनै पनि धर्म हुदैन राज्यले सबै धर्मलाई बराबरी गर्नुपर्छ भनेर धर्म निरपेक्ष भनेर घोषणा गर्न हामिले सफलता प्राप्त गर्यौ ।
त्यसै गरेर विविध भाषा धर्म संस्कृति जातजातिको साझा फुलबारी कति सुन्दर समाज । च्याबुङ नाच ढोलनाच मारुनि नाच विभित्र नाचहरु साकेवा सिलि यति राम्रा विविध जाति धर्म भाषा संस्कृतिको यो समाज लाई महागुरु फाल्गुनन्दले सबै एक हुनुपर्छ भनेर प्रचार गर्नुभयो । शान्ति स्थापित हुनुपर्छ भनेर वहाले प्रचार गर्नुभयो ।
अहिलेका वर्तमान धर्मगुरुले यहि कुरालाई अगाडि बढाउनु भयो । यहि कुरालाई ध्यामा राखेर हामीले संविधान बनाउदा मेरो नेतृत्व पहल र प्रयासमा सम्बिधान बन्यो । हामिले धर्म निरपेक्ष भन्यौ । समानबेशि समाज भनेर भन्यौं । यसरि हामिले काम गरेका छौ । यो लारुम्बा रहेको क्षेत्र महागुरु फाल्गुनन्दले जन्मिएर कर्म गरेको हो इलाम अहिले वर्तमान गुरु जमिएर कर्म गरेको यो स्थान अगाडि बढाउनु पर्छ यसलाई अगाडि विकास गर्नुपर्छ सिंगो देशको लागि हुन्छ भनेर सबै राष्ट्रपतिहरुलाई,सबै प्रधानमन्त्रीहरुलाई सबै नेताहरुलाई यो लारुम्बामा ल्याए । सिंगो देशले लारुम्बा भनेर कसैले पनि नचिन्ने छैन । सबैले ओहो! लारुम्बा भन्छन ।
कात्तिक २० गते इलामको माङ्सेबुङ ३ भञ्ज्याङ्स्थित चुनावी अभियान कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सम्बोधन गर्नुभएको सम्बोधनका सम्पादित केहि अंश