२२ मंसिर २०८१, शनिबार | Sun Dec 8 2024

इलाम- २ मा १३ जना पुरुष उम्मेदवारसंग एक्ली महिला उम्मेदवार माखिम चुनावी प्रतिस्पर्धामा



इलाम । प्रतिनिधि सभा निर्वाचन इलाम क्षेत्र – २ मा एकमात्र महिला नेतृत्वको प्रतिनिधित्व गर्दै १३ जना पुरुष उम्मेदवार  प्रतिस्पर्धिहरुसंग एक्ली स्वतन्त्र महिला उम्मेदवार जुनुकुमारी माखिम चुनावी मैदानमा भिड्दैछिन ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन इलाम क्षेत्र – २ मा १४ जनाको उम्मेदवारी परेको छ। चुनावी मैदानमा स्वतन्त्र महिला उम्मेदवार जुनु कुमारी माखिम खर्पन बोकेको मान्छे चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रीएकी छिन् ।

देशभर प्रतिनिधि सभा तर्फ महिला उम्मेदवारको संख्या २२५ मात्र छ । इलाममा प्रतिनिधिसभा सदस्यमा २५ जनाले र प्रदेशसभा सदस्यमा २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र – २ प्रतिनिधि सभा प्रत्यक्षमा १३ जना पुरुष उम्मेदवार रहेको सो क्षेत्रमा एक्ली स्वतन्त्र उम्मेदवार माखिम प्रतिस्पर्धामा छिन् ।

को को छन् त मैदानमा ?

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र महिला उम्मेदवार जुनुकुमारी माखिमले उम्मेदवारी दर्ता गराएकी छिन् ।                सो  निर्वाचन क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बरबहादुर खड्काको उम्मेदवारी रहेको छ ।

यसैगरी सो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बू स्वतन्त्र उम्मेदवार दिपेश बोहोराले मनोनयन दर्ता गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ०५ बजे