
किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनले मतदान गर्नुभएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ आमनिर्वाचनमा आइतबार बिहान ७ : ३० बजे किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साबा पबित्रहाङमा लिङ्देनले माङ्सेबुङ वडा – ५ को भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्र ( क ) बाट मतदान गर्नुभएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अङ्सीमाङ तथा अङ्सीमामाङहरुले इलामको माङसेबुङ ५ अवस्थित सरस्वती माबिको मतदान केन्द्रमा मतदान गरि सुरु गरेका हुन् । मतदानमा गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन, गुरु सुपुत्री निर्मला लिङ्देन,ममिला लिङ्देनले मतदान केन्द्रमा मतदान गरेका हुन् ।