निर्वाचन अपडेट : माङ्सेबुङ – ५ सरस्वती माबि केन्द्रमा १ बजेसम्ममा ३७ प्रतिशत मत खस्यो

किरात समाचार । प्रतिनिधि सभा तथा प्रदेस सभा आमनिर्वाचन २०७९ नेपालभर आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । माङ्सेबुङ – ५ भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्रबाट दिउँसोको १ बजेसम्ममा ७४४ मत खसेको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा इलामको माङ्सेबुङ ५ अवस्थित सरस्वती माबिको मतदान केन्द्रमा पुरुषतर्फ ३९३ र महिलातर्फ ३५१ मत १ बजेसम्ममा ३७ प्रतिशत मत खसेको मतदान केन्द्र  (ख)  का मतदान अधिकृत दिलमान लिम्बुले  बताए ।

नेपालभर बिहान ७ बजेदेखि ५ बजेसम्म प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान हुनेछ । त्यस्तै माङ्सेबुङ -५ मा कुलमतदाता २०९६ रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार