६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

निर्वाचन अपडेट : माङ्सेबुङ -५ सरस्वती माबिको मतदान केन्द्रमा ५७ प्रतिशत मत खस्यो



माङ्सेबुङ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तरगत माङसेबुङ ५ सरस्वती मा.बि.भालुटार मतदान केन्द्रमा ५७ प्रतिशत मत खसेकोे छ ।

आइतबार बिहान ७ः३० बजे देखि बेलुका ५ बजे सम्म भएको सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ मा ५५३ र भालुटार मतदान केन्द्र ‘ख’ मा ५७८ गरि जम्मा १ हजार १ सय ३१ मत खसेको सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत दिलमान इधिङगो लिम्बूले जानकारी दिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ उम्मेदवार छन् । जसमा एक हजार ५४५ जना दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।                                             

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : ०४ बजे