२९ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025

निर्वाचन अपडेट : मुस्ताङमा कांग्रेसले खाता खोल्यो,योगेश गौचन विजयी



माङ्सेबुङ । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा  आमनिर्वाचन–२०७९ मा विजयी सुरुआत गरेको छ।

मुस्ताङबाट नेपाली कांग्रसेका प्रतिनिधि सभा उम्मेदवार योगेश गौचन विजयी भएका हुन्।

जम्मा ७ हजार २ सय ३० मत खसेको मुस्ताङमा गौचन ९ सय १४ मतान्तरले विजयी भएका हुन् ।

गौचनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

गौचनले ३ हजार ९ सय ९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३ हजार ७८ मत पाएका छन् । निर्वाचन अधिकृतकाे कार्यालयले यसकाे औपचारिक घोषणा भने गर्न बाँकी छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ०५ बजे