३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

बुद्धिराज खेसाङको अध्यक्षतामा किरात साम्यो साक्थिम्गेन गेङगप पान्जुम्भो बेलडाँगी गठन



झापा । दमकको बेलडाँगीमा किरात किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो गठन भएको छ । मंगलबार बेलडाँगीमा आयोजित भेलाले बुद्धिराज खेसाङलाई तेङगप पान्जुम्भोको अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गुणराज राई र सुजना चाम्लीङ, सचिवमा पूर्णमाया राई, सह सचिवमा शेरबहादुर लाओती, कोषाध्यक्षमा योगिता राई, सह कोषाध्यक्षमा मंगलीमाया राई सर्वसम्मत चयन भएका छन् ।

 

सदस्यहरुमा क्रमश रन्जित बोखिम राई, सुकराज सिप्तुङखा, के वि चाम्लीङ, कृष्ण लिङदेन, गंगा चेम्जोङ, सीमाना चिलिकचम, शान्ति खालिङ, प्रतिका खालिङ, मंगलसिं थेगिम, भक्त खालिङ, बेमोहाङ देवान, धनमाया सङबाङफे, पविमाया योङहाङ र पवित्र आङदेम्बे लगायत निर्वाचित भएका छन् ।

 

सो भेलामा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष लेखनाथ चेम्जोङ, सचिव सुवास गुरुङ, सदस्यहरु दिलिप माखिम, दिलहाङ सङबाङफे, रमेश सिगुको उपस्थितीमा दमकको बेलडाँगीमा साक्थिम्गेनको तेङगप पान्जुम्भो (क्षेत्रिय समिति) गठन गरिएको मुजोत्लुङ पान्जुम्भोका सचिव सुवास गुरुङले बताए ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : १४ बजे