१० असार २०८१, आइतबार | Sun Jun 23 2024

पाँचथर प्रदेश सभा – २ बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी



पाँचथर । प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा पाँचथर क्षेत्र नं. (ख) बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा बाम लोकतान्त्रिक उम्मेदवार इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् ।

आङ्बोका प्रतिस्पर्धी पूर्व संविधान सभा सदस्य तथा नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मतान्तरले पराजित गर्दै आङ्बो विजयी भएका हुन् ।

त्यस्तै माओवादी केन्द्र, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रका तर्फबाट साझा उम्मेदवार इन्द्र आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गरेका छन्  । त्यसैगरी उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : ०४ बजे