दमक । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।
केपी ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७४ मतान्तरका पराजित गरेका हुन् । ओलीले ५२ हजार ३ सय १५ मत प्राप्त गरे । त्यस्तै उनका प्रतिद्वन्दी अधिकारीले २३ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् ।


