१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

चितवन – २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित



चितवन ।  प्रतिनिधि सभा सदस्य निर्वाचन चितवन – २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।

लामिछानेले ३४ हजार १६२ मतान्तरले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गर्दै विजयी भएको हो । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६ सय ४९ मत प्राप्त गरेका थिए । श्रेष्ठ यसअघिको निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : ४८ बजे