४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

झापा- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन विजयी



माङसेबुङ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य  निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् ।

लिङदेनले ३ हजार २ सय ७६ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई पराजित गर्दै विजयी भएको हो ।

लिङदेनले ४० हजार ६ सय ४८ मत प्राप्त गरेका छन् । लिङ्देनका प्रतिद्वन्दी कांग्रेसका सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए थिए । सो क्षेत्रबाट ०७४ को निर्वाचनमा लिङ्देन निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : १७ बजे