१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

पाँचथरमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ विजयी



पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई पराजित गर्दै विजयी भएका छन् ।

नेम्बाङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेको हो ।

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गरेका छन् । आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ५१ बजे