किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा आज शनिबार जलथल फुटबल क्लव झापा र कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङबिच प्रतिष्पर्दा हुदैछ ।
माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा शनिबार आज जलथल क्लव झापा र कर्णसिं सोनाम क्लव ताप्लेजुङबिच खेल हुने आत्मा पवित्र हक्चातका सचिव सरिता राईले बताइन् ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप फुटबल प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ क्लबहरुको सहभागीता रहेको आयोजक समितिले जनाइएको छ ।
विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ ९छेलो हान्ने०, धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।