माङ्सेबुङ । इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सुवास नेम्वाङ विजयी भएका छन्।
प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई १ सय १४ मतले पराजित गर्दै नेम्वाङ पाचौं पटक निर्वाचित भएका हुन्।
नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धि खड्काले २९ हजार ९ सय ६ मत ल्याएका छन् ।
बि.स २०५६ सालदेखि क्षेत्र – २ बाट निर्वाचन जित्दै आएका नेम्वाङको यो पाँचौ जित हो ।


