१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

आत्मानन्द कप : तिजोग युवा क्लब पाँचथरको जित



किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज आईतबार भएको खेलमा चारतारे युवा क्लब, मोरङलाई ३–१ गोल अन्तरले पराजित गर्दै तिजोग पाँचथरले सेमिफाइनलमा प्रवेश गरेको हो ।

तिजोक क्लबको जितमा भुवन बस्नेतले दुई गोल गरे भने थप एक गोल मिन धिमालले गरे । चारतारेका लागि सागर तिवारीले एक मात्र गोल फर्काए ।

खेलमा तिजोगका लागि दुई गोल गरेका भुवन बस्नेत म्यान अफ द म्याच घोषित भए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप अन्तरगत भोलि सोमबार छथर गाउँपालिका, तेह्रथुम र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, भारतबिच हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन् ।

प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारतको दार्जिलिङ गरि आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको सचिव राईले बताईन् ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ । फाइनल मंसिर १७ गते हुनेछ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : १२ बजे