३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सुनसरी १ बाट जसपाका अशोककुमार राई निर्वाचित



किरात समाचार । प्रतिनिधि सभा सदस्य निर्वाचन सुनसरी १ बाट जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षका अशोककुमार राई निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ ( शरिन ख्युङ्बा ) लाई ४ सय ५३ मतान्तरले पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा विजयी भएको हो ।

राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हसुजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : १४ बजे