१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

आत्मानन्द कप : तेह्रथुमद्वारा ६-२ ले दार्जीलिङ पराजित



किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका,तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा सोमबार भएको क्वार्टरफाइनल खेलमा एम.एफ.सी दार्जिलिङ, भारतलाई ६– २गोल अन्तरले पराजित गर्दै छथर गाउपालिका तेह्रथुम विजयी भएको हो ।

छथरको जितका लागि मिलन राईले ह्याट्रिक गरेका थिए । र, दोर्जे तामाङले २ गोल र मौसम सुब्बाले १ गोल गरे । त्यस्तै छिमेकी देश दार्जीलिङका लागि अभिषेक गुरुङले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मिलन राई घोषित भए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप फुटबल प्रतियोगितामा इलाम, पान्थर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत गरि आठ क्लबहरुको सहभागीता रहेको आयोजक समितिले जनाइएको छ ।

विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ र उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै, खेलमा सहभागी टिमलाई फेयर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ छेलो , धनुकाँड, कराँते लगायतका खेलहरु आयोजना हुनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

 

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ४३ बजे