किरात समाचार । माङ्सेबुङ वडा – ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिन १३ मंसिरको अवसर पारेर पाचौं बार्षिक उत्सव मनाइने भएको छ ।
माङ्सेबुङ वडा नम्बर- ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बा अवस्थित गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ राईको प्रमुख आतिथ्यमा र किरात धर्मगुरु महिङगुम अङ्सीमाङ लिङदेन आत्मानन्द सेईड तथा मुहिङगुम अङ्सीमामाङ साम्बा पवित्रहाङमा लिङ्देनहरुको देव समुपस्थितिमा पाँचौ बार्षिक उत्सवको रूपमा मनाइने माङ्सेबुङ वडा नं. ५ का दोभासे कर्मचारी सुनिल सेर्मा लिम्बूले जानकारी दिए ।
किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको ऐतिहासिक मंसिर १३ गते दिन प्रत्येक बर्ष हर्षोउल्लासको साथ वार्षिक उत्सवको रुपमा मनाउदै आएको दोभासे कर्मचारी लिम्बूले बताए ।
त्यस्तै पाँचौ वार्षिक उत्सव कार्यक्रम समापन पछि साझ माङ्सेबुङ -५ नम्बर वडाको १५ वटै टोलहरुमा साझ दिप प्रज्वलन गरिने कार्यक्रम रहेको पनि आयोजक समितिले जनाएको छ ।