किरात समाचार । इलामको माङ्सेबुङ – ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिन मंसिर १३ गते पाचौं बार्षिक उत्सव मनाइएको छ ।
माङ्सेबुङ वडा ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बा अवस्थित लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा गरेको ऐतिहासिक दिनको अवसरमा पाँचौ बार्षिक उत्सव मनाइएको हो । वार्षिक उत्सवको अवसरमा भाषाविद् हरिचन्द्र लावतीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनहरुको गरिमामय देव उपस्थितिमा भएको कार्यक्रममा अङ्सीमाङले अमृतमय आशीर्वचन प्रदान गर्नुभएको थियोे ।
सो कार्यक्रममा प्रमुख अतिथि माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ राई, अतिथिहरु माङ्सेबुङ वडा नम्बर ३ अध्यक्ष जनम खम्बु , किरात चोलुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ,उपाध्यक्ष होम लिङ्देन, किरात धर्म साहित्य उत्थान संघ सहसचिव आङ्बुहाङ अबोध अविरल , आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात याक्थुङ चुम्लुङ प्रतिनिधि अबिशेक एक्तेन , जनता समाजवादी माङसेबुङ संयोजक किसन खजुम , सन्चारकर्मि राम योङहाङ,माङगेन्ना सेवा पुर्व सचीव नन्द नेम्वाङ , गुरुनिजि कृषि समिति अध्यक्ष टिकाराम केरुङ र सचीव उदयविक्रम तुम्बापो लगायतको उपस्थिति रहेको थियोे । किरात लिम्बू भाषा सरकारी कामकाजी घोषणा भएको प्रत्येक बर्ष मंसिर १३ गतेलाई उत्सवको रूपमा मनाउदै आइरहेको उक्त कार्यक्रममा पालिका अध्यक्ष हेमन्त राई , माङ्सेबुङ वडा ३ अध्यक्ष जनम खम्बु ,अङ्सीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ,होम लिङ्देन,अबिशेक एक्तेन लगायतले किरात लिम्बू भाषाको संरक्षण र प्रवर्द्धनमा स्थानिय र प्रदेश सरकारले जोड दिनुपर्ने धारणा शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरुले व्यक्त गरेका थिए ।
माङ्सेबुङ ५ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राइको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र तुम्बाहाङफेको स्वागत मन्तव्य साथै भाषिक वडा सचीव सुनिल सेर्मा नोसाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैगरी पाँचौ वार्षिक उत्सव कार्यक्रम समापन पछि साझ माङ्सेबुङ -५ नम्बर वडाको १५ वटै टोलहरुमा साझ दिप प्रज्वलन गरिएको थियोे ।