४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

तेह्रथुम आत्मानन्द कपको फाइनलमा प्रवेश



किरात समाचार । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले फाइनलमा प्रवेश गरेको हो ।

छथर गाउँपालिका तेह्रथुमको जितमा मिलन लिम्बूले २ गोल र भुवन बस्नेतले १ गोल गर्दै टिमलाई जित दिलाएका थिए । कर्ण लिम्बूको कप्तानीमा मैदान उत्रिएको जलथल निकै आक्रामक खेलेपनि कुनै गोल गर्न सकेन । तेह्रथुमसंग हार बेहोरेको जलथलको फाइनल पुग्ने यात्रा टुङ्गीएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कपको उपाधिका लागि मंसिर १७ गते शनिबार तिजोग फुटबल क्लव, पाँचथर र छथर गाउँपालिका, तेह्रथुमबिच फाइनल खेल हुनेछ ।                           

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : ५७ बजे