१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

चिहान उत्खनन गरी चोरी गरेको घटनाप्रति चुम्लुङको ध्यानाकर्षण



किरात समाचार । आदिवासी जनजातिको समाधिस्थल रहेको इलाम नगरपालिका ४ मलातेमा अज्ञात समूहले सयौं वर्ष पूरानो चिहान उत्खनन गरेर बहुमुल्य वस्तु चोरी गरेको छ ।

गत शनिबार चिहान अज्ञात समुहले उत्खनन गरी बहुमुल्य वस्तु चोरी गरेको प्रति किरात याक्थुङ चुम्लुङ शाखा इलामले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी कारवाही गर्न माग गर्दै गम्भीर ध्यानाकर्षण गरेको छ ।

यस्तो छ प्रेस विज्ञप्तिमा

प्रेश विज्ञप्ति

इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ मलातेमा रहेको आदिवासी जनजाति तथा लिम्बूहरुको समाधिस्थल चिहानडाँडामा रहेको सबैभन्दा पुरानो चिहान मिति २०७९ ।०८।११ गतेका राती अज्ञात समूहले खनेर चिहानबाट मानव अस्थिपञ्जर लगायतका बहुमुल्य पुरातात्विक वस्तुहरु चोरी लगेको घटनाप्रति किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको गम्भीर ध्यानाकर्षण भएको छ ।

माथि उल्लेखित ऐतिहासिक पुरातात्विक समाधिस्थलमा रहेको सबैभन्दा पुरानो चिहान खनेर मानव अस्थिपञ्जर लगायत बहुमूल्य वस्तु चोरी गर्ने समूहको तुरुन्त खोजतलास गरी कानून बमोजिम हदैसम्म सजाय गर्न किरात याक्थुङ चुम्लुङ इलाम स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारसँग जोडदार माग गर्दछ साथै समाधिस्थलको संरक्षण गर्न सबै  सरोकारवाला समुदायसँग हार्दिक अपिल गर्दछ ।

बुद्धमाया सोङमी
अध्यक्ष

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १२ : २६ बजे