माङ्सेबुङ । गायक यादन सेर्माको सुमधुर स्वरमा रहेको किरात भजन ‘तानाम’ (माङसिवा खाहुन) सार्वजनिक गरिएको छ ।
मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङद्वारा प्रदान गरिएको माङ आशीर्वचन ‘तानाम’ (किरात भजन) गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
यादन सेर्माको लय संकलन तथा पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको किारत भजनको भिडियो कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…