१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

आत्मानन्द कप १५ औ संस्करणको उपाधि छथर तेह्रथुमलाई



किरात समाचार । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ ।

इलामको माङसेबुङ – ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा तिजोग फुटबल क्लव पान्थरलाइ २–० गोल अन्तरले पराजित गर्दै छथर तेह्रथुमले फाइनल उपाधि आफ्नो पोल्टामा पारेको हो ।

खेलको पहिलो हाफको छैटौं मिनेटमा तेह्रथुमका कप्तान कार्कीले हेड मार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको १९ औं मिनेटमा लिम्बूले गोल गर्दै २–० को जित दिलाए । तेह्रथुम र पाँचथरबिच भएको आजको फाईनल खेलको म्यान अफ दि म्याच तेह्रथुमका कप्तान महेन्द्र कार्की घोषित भए ।

मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरुको गरिमामय देव उपस्थितिमा सम्पन्न भएको आजको फाइनल खेलमा अङ्सीमाङले अमृतमय आशीर्वचन समेत प्रदान गर्नुभयो ।

  नेपाल फुटबल संघ  (एन्फा) का उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यमा आत्मानन्द कप १५ औ सस्करण फुटबल प्रतियोगिता सम्पन्न भएको थियोे

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप १५ औं संस्करणमा नेपाल र भारतका आठ प्रतिष्ठित क्लबहरुको सहभागीता रहेको थियो ।

विजेता टिमले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ६९ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ट्रफीसहित २ लाख ५ हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार वितरण भने भोलि आईतबार मुल समारोह कार्यक्रमबाट प्रदान गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङले बताए ।

फुटबलका अतिरिक्त म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो हान्ने), धनुकाँड, कराँते लगायतका खेलहरु समेत आइतबार बिहान आयोजना हुने अध्यक्ष आङबुहाङले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ४ : ०३ बजे