१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

माइनगरस्थित भगवती विद्यालयद्वारा किरात धर्मगुरु ६९ औ शुभजन्मोत्सवमा सार्वजनिक विदा



किरात समाचार । किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९ औँ जन्मोत्सवमा इलामको माइनगरपालिका – ६ स्थित रहेको श्री भगवती माध्यमिक विद्यालयले  सार्वजनिक विदा घोषणा गरेको छ । अङसीमाङको जन्मदिन मंसिर १८ गते एकदिन भगवती विधालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विद्यालय  प्रधानाध्यापक सन्देश लिङ्देन लिम्बूले सूचना जारी गरेर अङसीमाङको जन्मदिनमा विधालयले एकदिन सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पवित्र धार्मिक तिर्थ माङसेबुङ ५ किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा  मंसिर १८  गते बर्षेनी अङसीमाङको जन्मोत्सव बिशेष धार्मिक समारोहबिच मनाईन्छ ।

अङसीमाङको जन्मोत्सवमा नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किा, आसाम, भूटान, बर्मा, हङकङ, बेलायत, अमेरिका लगायत स्वदेश तथा बिदेशबाट तिर्थालु भक्तजनहरुको बाक्लो उपस्थिति रहने गर्दछ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ५ : ३२ बजे