१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

उपराष्टपति पुनद्वारा किरात प्रज्ञा-प्रतिष्ठानको चार वटा पुस्तक विमोचन



किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ ६९औं शुभ जन्मोत्सवको अवसरमा ४ वटा पुस्तक विमोचन भएको छ।

आइतबार मंसिर १८ गते अङ्सीमाङको जन्मोत्सवको अवसरमा सम्मानिय उपराष्टपति नन्दबहादुर पुनको हस्तबाहुलीबाट किरात धर्मगुरु अङ्सीमाङ आत्मानन्द सेइङले प्रकाशन गर्नुभएको किरात प्रज्ञाप्रतिष्ठान द्वारा प्रकाशित ४ वटा पुस्तकहरु विमोचन गरिएको हो ।

त्यस्तै विमोचित पुस्तकहरु १. मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दरे माङसिवाखाहुनको परिमार्जित संस्करण (सम्पादक किरात धर्मगुरु आत्मानन्द लिङ्देन ’सेइङ’) २. किरात लिम्बु नेपाली अंग्रेजी शब्दकोष (सम्पादक हरिचन्द्र लाओती) ३. हाङवा चोत्लुङ (लेखक सिक्कुमदाङ याक्थुङबा) ४. किरात पाङखेदा (लेखक रानीटारे साहिँला) लिखित पुस्तकहरु रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : ५१ बजे