१० असार २०८१, आइतबार | Sun Jun 23 2024

किरात धर्मगुरु आत्मानन्द सेइङ ६९ औ जन्मोत्सव भव्यताका साथ मनाइयो



किरात समाचार । किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङगेना लिङ्देन ‘सेइङ’ को ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनको नुमाङमाङगेन्ना सेवा समारोह कार्यक्रम विविध कार्यक्रमका साथ मनाइएको छ।

इलामको माङसेबुङ – ५ स्थित किरात हाङ्साम मुजोत्लुङ माङ्हिमको प्राङ्गणमा विभिन्न कार्यक्रम गरी लिङदेनको ६९ औं जन्मोत्सव मनाइएको हो ।


उपराष्टपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङगेना लिङ्देन ‘सेइङ’ को ६९ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनको नुमाङमाङगेन्ना सेवा कार्यक्रमको दिप प्रज्वलन गरी समारोह समुदघाटन गर्नुभएको थियोे ।

उपराष्टपति पुनको हस्तबाहुलीबाट जन्मोत्सवको अवसरमा मंसिर ९ देखि १७ सम्म आत्मानन्द कप खेदकुद प्रतियोयोगिता संचालन गरिएको आत्मानन्द कप प्रतियोयोगिता विजेतालाई पुरस्कार वितरण गरिएको थियोे ।

उपराष्ट्रपति पुनले भालुटारमा निर्माण गरिएको धर्मगुरु लिङदेनको प्रतिमाको समेत अनावरण गरे । धर्मगुरु लिङदेनको जीवित अवस्थामा नै पहिलोपटक प्रतिमा स्थापना गरिएको छ ।                        समारोमा विशेष अतिथि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रतिनिधि सभा सदस्यहरु योगेश भट्टराई, राजेन्द्र कुमार राई, डीगबहादुर चेम्जोङ, प्रदेश सभा सदस्यहरु धिरेन्द्र शर्मा रमण, कमल चबेगु लगायतको समेत उपस्थिति रहेको थियो ।

अङ्सीमाङको जन्मोत्सवको अवसरमा सम्मानिय उपराष्टपति नन्दबहादुर पुनको हस्तबाहुलीबाट किरात धर्मगुरु अङ्सीमाङ आत्मानन्द सेइङले प्रकाशन गरेको किरात प्रज्ञाप्रतिष्ठान द्वारा प्रकाशित ४ वटा पुस्तकहरु विमोचन गरिएको हो ।  अङसीमाङ आत्मानन्द सेइङ्ले आशीर्वचन समेत प्रदान गर्नुभएको जन्मोत्सवमा सावायेहाङ नुमाङगेन्ना सेवामा ६९ जना माङ्सेवासाबा तथा माङसेवासामाहरुबाट माङगेन्ना सेवा मुन्धुम वाचन गरेका थिए । त्यस्तै माङगेन्ना मुन्धुम वाचन पश्चात श्रदालु किरात धर्मावलम्बीहरुले नाहेन लाक्मा गरिएको थियोे ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले गरेका थिए भने संचालन महासचिव काकीराम लावतीले गरेका थिए ।

तस्वीर : सुनिल सेर्मा

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : २४ बजे