दमक । किरात याक्थुङ लिम्बूहरुको महान चाड चासोक तङ्नाम को अवसरमा विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको छ ।
विहिवार झापाको दमक ७ स्थित किरात भवनमा किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिको आयोजनामा चासोक तङ्नाम तथा तेअङ्सी सिरिजङगा सिंथेबेको ३१८औं जन्म जयन्ती कार्यक्रम कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समिति सदस्य कविन्द्र सेर्मा पापोहाङ लिम्बू, कियाचु दमक १ वडा अध्यक्ष उदयीमान तुम्रोक लगायत दमकवासी बुद्धिजीवी लिम्बूहरुको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम कियाचु दमक नगर समिति अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य कियाचु दमक नगर सहसचिव सुक बहादुर सोदेम्बाले राखेका थिए भने संचालन सचिव चन्द्र कन्दङ्वाले गरेका थिए ।



