गायीका तारा लिङदेन लिम्बूको समधुर आवाजमा आधुनीक गीत ‘मलाई दिने माया’ सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको मनछुने गीत ‘मलाई दिने माया’ चित्र मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
त्रिकोणात्मक प्रेम तथा ट्राजेडी प्रेम कथामा प्रस्तुत गरिएको चित्र मिडियाले तयार पारेको भिडियोमा तारा लिङदेनसँगै सुरेश राई र आशा योञ्जनले अभिनय गरेका छन् भने सुनिता लावतीको मेकअप रहेको छ ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस…