किरात समाचार । पाँच पटक विश्वकप विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।
कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । शुक्रबार राती भएकाे क्वाटर फाइनल खेलको निर्धारित समयसम्म खेल गाेलरहित बराबरीमा टुंगिएपछि ३० मिनेटकाे थप गरिएकाे समयमा १–१ गाेल गरेकाे थियाे। जसमा १०५ मिनेटमा नेइमारले पहिलाे गाेल गरेका थिए।
खेलको ११६औँ मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो ।
क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।