१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

विश्वकप : फ्रान्स फाइनलमा , अर्जेन्टिनासंग भिड्ने



इलाम । फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ ।

कतारको दोहास्थित अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन फ्रान्स फाइनलमा पुगेको हो ।

फ्रान्सको हर्नान्डेजले खेलको पाँचौँ मिनेटमा एक गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।

त्यस्तै खेलको ७९ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १ : ३४ बजे