२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी काठमाण्डौंलाई – kiratsamachar



किरात समाचार । ताप्लेजुङको सिरिजङ्गा – ४, तेल्लोकमा संचालित दोस्रो सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनाकोटी सिटी एफसी, काठमाडौले उपाधि जितेको छ।

तेल्लोक माविको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा
न्यु स्टार क्लब, झापालाई शून्यका विरुद्ध १ गोलले हराउँदै सुनाकोटीले उपाधि जितेको हो ।

खेलको दोस्रो हाफको ७८औं मिनेटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई उपाधि जिताउन निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच शिशिर घोषित भए ।

विजेता टिम सुनाकोटीले उपाधिसहित १ लाख ५१ हजार हात पार्यो भने उपविजेता न्यु स्टारले ८१ हजार प्राप्त गरेको थियोे ।

तेल्लोक स्पोटिङ क्लब र तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको संयुक्त आयोजनामा मंसिर २५ गतेदेखि शुरु प्रतियोगितामा दश टिमहरुले सहभागिता जनाएका थिए ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : २८ बजे