३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

याक्थुङ युवा मञ्च ताप्लेजुङ अध्यक्षमा बिरेन लिम्बू निर्वाचित



किरात समाचार । याक्थुङ युवा मञ्च ताप्लेजुङ जिल्ला अध्यक्षमा बिरेन तबेबुङ लिम्बू निर्वाचित भएका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित बिहिवार सम्पन्न भएको तेस्रो अधिबेशनबाट लिम्बू अध्यक्षमा निर्वाचित भएको हो ।

उपाध्यक्ष किस्मत लिङखिम,मेलिना लिम्बू,सचिवमा शोभा सावदेन,सहसचिवद्धय प्रदिप तवेवुङ र सुजन अन्छङ्वो, कोषाध्यक्ष रस्मिता काङबा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा सदस्यहरु विमल माङ्ग्युङ ,सन्तोष तपमादेन् दिपेन माबोहाङ ,सविता सवादिन, रूप हाँगाम, शिला साबा, रेनुका योङहाङ लिम्बू, जीवन तबेबुङ , सुरेश ताप्मादेन ,राजन अन्छोङबो रहेका छन् ।

कार्यक्रम मञ्चका केन्द्रिय अध्यक्ष प्रज्ञा लिम्बूको प्रमुख अथित्यतामा सल्लााकार लोकेश लङ्वा लिम्बू लगायतको उपस्थितिमा सम्पन्न भएको थियोे ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ११ : ३० बजे