किरात समाचार । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा प्रदेश नम्बर १ बाट निर्वाचित सांसदहरूलाई जलपान आयोजना कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
माङ्सेबुङ -५, गुरुनिजि आश्रम लारुम्बा अवस्थित माङ्सेबुङ विकास समितिको आयोजनामा भोलि (आइतबार ) किरात धर्मगुरु गुरुकुल परिवारबाट हुने शुभ आशिर्वाद टिका ग्रहण, शुभकामना आदानप्रदान एव जलपान कार्यक्रम आयोजनाको सम्पुर्ण तयारी पूरा भएको माङ्सेबुङ विकास समितिका सचीव उदयविक्रम तुम्बापोले जानकारी दिए ।
कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरुको गरिमामय देवसवारमा हुने कार्यक्रममा प्रदेश १ बाट निर्वाचित सांसदहरूलाई अङ्सीमाङ तथा अङ्सीमामाङहरुबाट शुभ आशिर्वाद टीका ग्रहण एव आशीर्वचन प्रदान गर्नु हुने भएको छ ।
यसैगरी कार्यक्रम गुरु निजी आश्रमको दर्शानालयको प्राङ्गणमा विहानको ११:०० बजेको लागि कार्यक्रम आयोजना गरिएको तुम्बापोले जानकारी दिनुभयो ।
जलपान कार्यक्रममा १ नम्बर प्रदेशबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित विभिन्न राजनीतिक दलका निर्वाचित सांसदहरूलाई निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ ।