१ असार २०८२, आइतबार | Mon Jun 16 2025

विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै



किरात समाचार । कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छ ।

लुसिल स्टेडियममा आज आईतबार राति ८ः४५ बजे हुने कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको हो ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् ।     अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १२ : १६ बजे