दमक । दमकको बेलडाँगीमा प्रथम जय हुँमागाई स्मृति गोल्डकप प्रतियोगिता हुने भएको छ ।
दमक – ३ बेलडाँगी खेलमैदानमा आयोजना गरिने आयोजक जय हुँमागाई फाउण्डेसनले सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
प्रतियोगितामा अमेरिकाको बिवाइएससी मिन्नेसोटा, क्यामरुनको एभनिर एफ.सी., भारत दार्जिलिङको युके एफ.सी., साल्हेस युवा क्लव सिराहा, बिर्तामोड युनाईटेड एफ.सी. झापा, बि.वाई.सी. बेल्डाँगी झापा, पथरीशनिश्चरे १०, सेटल्मेन्ट मोरङ र शान्तिनगर एफ.सी. सुनसरी गरि कुल ८ वटा टिम सहभागी हुनेछन् ।
पुस ६ गतेदेखि शुरु हुने प्रतियोगिता कुल ३४ लाख बढी लागतमा सम्पन्न गरिने आयोजक जय हुँमागाई फाउण्डेसनका अध्यक्ष शिव हुँमागाईले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
विजेताले नगद ५ लाख र उपविजेतले नगद ३ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यसैगरि उत्कृष्ट खेलाडी, हाई स्कोरर, गोल किपरले नगद २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै प्रत्येक खेलका मेन अफ दी म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका खेलाडीहरुले विभिन्न टीमबाट खेल्ने बताइएको छ । प्रतियोगिताको फाईनल खेल पुस १३ गते हुनेछ ।