किरात समाचार । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो दुबै जना पुगेर पार्टीको संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराएको हो ।
यसै देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेकोे छ । भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।
यस्तै महामन्त्री थापाको प्रश्तावकमा भने डा. शेखर कोईराला रहनुभएको छ भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ रहेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधवार संसदीय दलको नेता चयनका लागि निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म मतदान हुने तय भएको छ ।


