६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

साहित्यकार सेसेमी नाल्बो सम्मानित



बिर्तामोड । किरात याक्थुङ् चुम्लुङ्ले यस वर्ष नरेन्द्र – कमला स्मृति साहित्य पुरस्कार सेसेमी सेनाल्बोलाई प्रदान गरिएको छ ।

बुधबार कियाचु झापा जिल्ला शाखा समितिको आयोजनामा झापा विर्तामोडस्थित कियाचु चुम्लुङहिममा सम्पन्न जग्गादाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको ९५औं जयन्ती तथा पुरस्कार वितरण समारोह कार्यक्रममा कियाचु संघीय सल्लाहकार जीत बहादुर लाओतीको प्रमुख आतिथ्यतामा साहित्यकार सेनाल्बोलाई नरेन्द्र – कमला स्मृति साहित्य पुरस्कार २०७९ सम्मान पत्र प्रदान गरेको हो ।

कार्यक्रममा कियाचु झापा जिल्ला शाखा भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको ९५औं जन्मजयन्तीमा आङ्बुहाङको जीवनीवारे चर्चा गरिएको थियो।

कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ अर्थ रचना लाओतीले पुरस्कृत सेसेमी से.नाल्बोको जीवन चर्चा गरेकी थिइन ।

 

कार्यक्रम कियाचु केन्द्रीय सदस्यद्धय अमृत योङ्हाङ, डा भीम सुब्बा, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु राष्ट्रि चुम्लुङ सदस्यद्धय गुमान सिं सम्बाहाङ्फे, शिव मेन्याङ्बो, विर्तामोड १ नं. वडा सदस्य जनप्रतिनिधि आङ्बुहाङ, सदस्य कन्दङ्वा, सम्मानित सेसेमी स.नाल्बो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रम कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कियाचु जिल्ला उपाध्यक्ष काली बहादुर खेवाङले राख्नु भएको थियो । कियाचु झापा जिल्ला शाखा सचिव प्रेमचन्द्र लिम्बूले संचालन गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १ : १० बजे