नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।
उनीहरुलाई सबभन्दा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाएका हुन् ।
जबरालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले शपथग्रहण गराउने कानुनी व्यवस्थाअनुरुप जबराले शपथ खुवाएका हुन् ।
शपथग्रहणमा २७५ मध्ये चारजना अनुपस्थित थिए ।
नेकपा एकीकृत समाजवादीका प्रेम आले, माओवादी केन्द्रका रामकुमार राई, नेपाली कांग्रेसकी माया राई र नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव अनुपस्थित भएका हुन् ।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य अशोक राईले आफ्नाे मातृभाषा (राई बान्तावा)मै शपथग्रहण लिएका छन् ।
उनले २०७० सालमा पनि बान्तावा भाषामै संविधानसभा सदस्यको शपथग्रहण लिएका थिए ।
जसपाका अन्य सांसदहरुले पनि आ–आफ्नाे मातृभाषामा शपथ लिएका छन् । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । salpaonline.com बाट ।