९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

करण राईले जिते द भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि



किरात समाचार । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४’ को बिजेता करण राई बनेका छन्।हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुदैं आईरहेको गायन प्रतियोगिताको आज शुक्रबार भएको ग्रान्ड फिनालेमा तीन जना प्रतिस्पर्धीलाई हराउँदै राजु लामाको टिमबाट करण विजेता भएका हुन्।

हाल अमेरिकामा बस्दै आएका उनले भ्वाइस अफ नेपालको उपाधि जितका हुन् ।बिजेताले रु २५ लाख सहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरे ।

टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् । यस्तै टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : ०० बजे