४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

प्रदेश-१ को ५ सांसदले मातृभाषामा शपथ लिने



विराटनगर । प्रदेश-१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् ।

प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले किरात याक्थुङ(लिम्बू) भाषामा शपथ लिनेछन् ।

सांसदलाई तीन दिन अगाडि नै विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । जसमा पाँच जनाले मातृभाषामा शपथग्रहण गर्ने जानकारी गराएका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो साढे १२ बजे शपथग्रहण गराउनेछन् ।

मण्डलले साढे १ बजे प्रदेशसभा भवनमा अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।          अन्लाईन खबर

 

 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ५५ बजे