घुमघामका लागि पोखरा पुगेकी उनको रोटेपिङ खेल्ने क्रममा खसेर मृत्यु भएको हो । उनी पोखरा घुमेर मङ्सिर २० गते पथरीशनिश्चरे आफ्नो घर फर्किने तयारीमा थिइन् । घर फर्किने भनेर २० गतेको बसको टिकट पनि काटेकी थिइन् ।
पोखरा उद्योग वाणिज्य सङ्घले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक मेला मङ्सिर १६ गतेबाट सुरु गरेको थियो ।
पोखरामा औद्योगिक व्यापार मेलामा रोटेपिङ खेल्ने क्रममा खसेर गम्भीर घाइते भएकी अस्मिताको गण्डकी मेडिकल अस्पतालमा उपचारको क्रममा पुस ६ गते मृत्यु भएको हो ।
अस्पतालको रिपोर्टअनुसार अस्मिताको मेरुदण्डको हाड, पछाडिको करङ तथा घाँटी पनि भाँचिएको र टाउको समेत फुटेको थियो ।
अस्मितासँगै दिदी रुविना र कोपिला बानियाँ पिङबाट खसे । दिदी रुविना र कोपिला बानियाँ सामान्य घाइते भएका थिए ।
अस्मिताकी दिदी रुविनाकी ४ वर्षीया छोरी पनि पिङबाट सँगै खसेकी थिइन । तर, बच्चाको अवस्था सामान्य भएको अस्पतालले जनाएको थियो । जम्मा ४ जनामा एकजना पिङको रडमै झुण्डिएर खस्नबाट बचेको प्रहरी बताउँछन् ।
अस्मिताका दिदीभिनाजु पोखराको नयाँ बजारमा बस्दै आएका छन् ।भोलिपल्ट घर जान लागेकी अस्मितालाई अघिल्लो दिन मङ्सिर १९ मा उनकी दिदी रुविना र साथीहरूले नजिकै चलिरहेको औद्योगिक व्यापार मेला हेर्न लगेका थिए । takuranews.com