६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

प्रदेश १ का पाँच संसदले आज किरात लिम्बू भाषामा शपथ लिने



किरात समाचार । प्रदेश नं. १ का पाँच संसदले आज सोमबार मातृभाषामा शपथग्रहण लिर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको जनाएको छ ।

प्रदेश १ प्रदेशसभा सदस्य ९३ मध्ये पाँच जना संसदहरुले मातृभाषामा शपथ लिने भनेर नाम टिपाएका छन् । मातृभाषामा शपथ लिनेमा पाँचथर (२) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बाले किरात याक्थुङ(लिम्बू) भाषामा शपथ लिने भएका छन् ।

यस्तै इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी)का पाँचथर (१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ (२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले किरात याक्थुङ(लिम्बू) भाषामा शपथ लिने भएका छन् ।

साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंलाई शपथ खुवाउने छन् ।

त्यसपछि प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ४२ बजे