माङ्सेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन तथा वित्तीय जोखिम मुल्याङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा बुधबार भएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुलाई जिल्ला समन्वय समिति इलामका जिल्ला समन्वय अधिकारी प्रेमकुमार काफ्ले र सूचना प्रविधि सहायक कुमार निरौलाले सहजीकरण गरेका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको थियोे ।