
माङ्सेबुङ । किरात इतिहासविद इमानसिं चेम्जोङको १२० औ जयन्तीको अवसरमा आयोजित यु-१४ फुटबल प्रतियोगिताको उपाधि श्री सरस्वती माबि भालुटार (बि) ले जितेको छ ।
माङसेबुङ ५ अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा आइतबार भएको सरस्वती माबि भालुटार ( ए ) र सरस्वती माबी ( बि ) बीचको खेलमा ट्राइबेकरमा पराजित गर्दै सरस्वती ( बि ) ले उपाधि चुमेको हो ।
खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलमा सरस्वती ( ए ) ले उपबिजेतामा चित्त बुझाएको छ ।
बिजेता टिमले रु ८ हजार रुपैयाँ ट्रफी र मेडल संगै प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजेताले रु ५ हजार रुपैयाँ ट्रफी र मेडल सहित प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा ८ टिमको सहभागिता रहेको थियो । आत्मनन्द रंगसालामा आयोजित खेलको आयोजना आत्म – पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको थियो ।