किरात समाचार । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष बिप्लव भट्टराईलाई मात्रृ शोक परेको छ । भट्टराईको ७४ वर्षिय आमा राधिकादेवी भट्टराईको बिहिवार आज बिहान मृत्यू भएको हो ।
इलामको सन्दकपुर गाउँपालिका ५ जमुना स्थायी घर भइ हाल इलाम नगरपालिका ८ धोबिधारामा बसोबास गर्दै आउनुभएकी राधिकादेवी भट्टराईको आज बिहान ३:२० बजे मृत्यू भएको हो ।
राधिकादेवी पेटमा भएको क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरिरलाई आज नै माइखोला राजदुवाली घाटमा दाहसंस्कार गरिएको थियोे ।