मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
आइतबार प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई संविधानकोधारा१६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
झापा क्षेत्र नम्बर ५ प्रदेश सभा (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीले आफू मुख्यमन्त्री बन्नको लागि एमालेको ४० जना प्रदेश सभा सदस्यसहित नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी कुल ६० प्रदेश सभा सदस्यको हस्ताक्षर गराई प्रदेश प्रमुख खापुङलाई बुझाएका थिए ।
त्यस्तै मुख्यमन्त्री कार्किको सपथ ग्रहण कार्यक्रम भोलि हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।