९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

माङ्सेबुङको फुलुङगीमा सत्यहाङमा शान्ति मकर मेला मनाइयो ( फोटो )



माङ्सेबुङ । माघे संक्रान्तिको अवसर पारेर इलामको माङसेबुङ- ३ अवस्थित फुलुङगीको गुफाडाँडामा सत्यहाङमा शान्ति मकर मेला मनाइएको छ ।

आइतबार इलामको माई नगपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थल फुलुङ्गीमा सत्यहाङमा शान्ति मकर मेला विविध कार्यक्रमको साथ भब्यतापुर्वक मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का मन्त्री माननीय तिलकुमार मेन्याङ्बोले महाबत्तीमा दिपप्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देव उपस्थितीमा भएको कार्यक्रममा अङ्सीमाङले आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।

यसैगरी मकर मेला मनाउन स्वदेश तथा विदेशबाट किरात धर्मावलम्बी साथै गैर किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

 

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : ४७ बजे